SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

बाढीमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । रसुवा बाढीबाट प्रभावित १२ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । अहिले नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।