SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

गोकर्णेश्वरमा काँग्रेसको पालिका अधिवेशन सुरु

काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोकर्णेश्वर नगरपालिकामा पालिका अधिवेशन सुरु भएको छ। अधिवेशन स्थानीय सुनगाभा ब्यान्क्वेटमा आज बिहानबाट सुरु भएको हो ।   स्थानीय तहको साङ्गठनिक संरचना निर्माण गर्ने क्रममा बुधवार गोकर्णेश्वर नगरपालिकामा अधिवेशन सुरु भएको हो। अधिवेशनबाट नगर कार्यसमितिको नयाँ नेतृत्व चयन गरिनेछ ।