सूर्यज्योति लाइफको एजेन्सी अवार्ड नाइट सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा शाखा सम्मानित
काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्दै कम्पनीको व्यवसाय विस्तारमा योगदान पुर्याएका देशभरका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरू कार्यक्रममा सहभागी थिए।
