SHARE
लोक पथ · मङगलबार ९ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

‘नाडा अटो शो’ लक्षित नेपाल बैंकले ल्यायो अटो लोन योजना, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न अटो कर्जा लिन सक्नेछन् । यस्तो कर्जामा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्र थप गरी ब्याजदर निर्धारण गरिनेछ ।