SHARE
लोक पथ · मङगलबार ९ भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।