प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापन बारे अवगत गराउने मेयर्स फोरमकाे निर्णय
काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने भएको छ । मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग छिट्टै भेट गर्ने निर्णय गरेको हो।
