बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि पटकपटक बैठक स्थगित भएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सारिएको हो । मुख्यमन्त्री थापाले आइतबारदेखि नै विश्वासको मत लिन खोजेका थिए ।
