तस्बिरमा हेर्नुहोस् विश्वकर्मा पूजा
काठमाडौं : कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी आज विश्वकर्मा पूजा पर्व मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै आइएको छ ।
