गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ
काठमाडौं : संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार गाजा सहरमा हालैका दिनमा गाजामा इजरायलले गरेको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् ।उक्त कार्यालयले जनाएअनुसार,अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद,पैदलै यात्रा गर्न बाध्य छन् ।
