बिना बिलका सामान खरिदबिक्री गर्दै हुनुहुन्छ ? होसियार! प्रहरीको खोरमा पुगिएला ?
काठमाडौं : बिना बिलका सामानहरू खरिदबिक्री नगर्न प्रहरीले अनुरोध गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले एक विज्ञप्ति जारी गर्दै बिल बिनाका सामान किनबेच नगर्न अनुरोध गरेका हुन्।भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा सरकारी कार्यालय,बैंक वित्तीय संस्थाहरू,व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन्।
