जलेश्वर कारागारबाट भागेका कैदीबन्दीहरुले चोरे सिसिटिभी क्यामेरा
महोत्तरी : जलेश्वर कारागारबाट फरार भएका कैदीबन्दीहरुले सिसिटिभी क्यामेरा समेत चोरी गरेको कारागार प्रशासनले जनाएको छ। भदौ २५ गते कारागारबाट भाग्ने क्रममा कैदीबन्दीहरुले कारागारमा जडान भएका ७ थान सिसिटिभी क्यामेरा चोरी गरेको कारागार प्रशासक अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्। कारागार प्रशासक क्षेत्रीका अनुसार कैदीहरू ३ वटा गेट तोडेर फरार भएका थिए। केही कैदीबन्दीले त्यहाँ जडान गरिएका ७ थान सिसिटिभी क्यामेरा चोरी गरेको प्रशासक क्षेत्रीले बताए।
