SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

६० फिट अग्लो पानीको ट्यांकीमा जब साँढे चढ्यो...

काठमाडौं : भारतको राजस्थानस्थित अजमेरमा एक अनौठो घटना घटेको छ। यो अनौठो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।यो अनौठो घटना अजमेरमा एक साँढेले घटाएको हो। घटना देखेर स्थानीयवासी र अधिकारीहरू दंग परेका छन्। शनिबार साँझ  साँढे गाउँमा रहेको करिब ६० फिट अग्लो पानीको ट्यांकी चढ्यो।साँढे ट्यांकीको टुप्पोमा पुगेपछि गाउँलेहरू आत्तिएर प्रशासनलाई खबर गरे। तत्कालै उद्धारका लागि क्रेन मगाइए पनि अँध्यारो भएकाले उक्त दिन उद्धार कार्य स्थगित गर्नुपर्‍यो।