भिभोले दराजसँग दशैंका लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू
काठमाडौँ : विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ। यो असोज २ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्ने कम्पनीले जनाएको छ। क्याम्पेन अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा रु. ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन्।
