SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक, कति भयो लुम्बिनीमा क्षति ?

बुटवल : लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ। प्रदेश सरकारले विभिन्न मन्त्रालय मातहत रहेका कार्यालयहरूको क्षतिको विवरण सार्वजनिक गरिएको हो। आन्दोलनमा भएको तोडफोड र आगजनीबाट लुम्बिनी प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालय, निर्देशनालय, सम्पर्क कार्यालय र सवारीसाधनमा क्षति पुगेको प्रदेश सरकारका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए। आगलागी र तोडफोडबाट बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालय पूर्णरुपमा जलेर क्षति भएको छ।