SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

सुपको भाँडामा पिसाब गर्ने दुई किशोरलाई तीन लाख डलर जरिवाना

काठमाडौं : चीनको हटपट रेस्टुरेन्टमा सुपको भाँडामा दुई किशोरले पिसाब फेरेका छन्। सुप भाँडामा पिसाब फेर्ने दुई किशोरलाई अदालतले  ३,००,००० (तीन लाख) डलर (भारतीय साढे दुई करोड रुपैयाँभन्दा बढी) जरिवानाको सजाय सुनाएको छ। यो रकम दुई खानपान कम्पनीहरूलाई दिइनेछ।यो घटना फेब्रुअरीमा चीनको सबैभन्दा ठुलो हटपट चेन हैडिलाओको सांघाई शाखामा भएको थियो।दुई १७ वर्षीय केटाहरूले रक्सी सेवन गरेपछि यो कार्य गरेर भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। यसले गर्दा घटनाको व्यापक आलोचना भएको थियो।