SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

सीके राउतलाई अध्यक्षबाट राजीनामा दिन २४ घन्टे अल्टिमेटम

कठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतलाई २४ घन्टाभित्र राजीनामा दिन अल्टिमेटम दिइएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खनासहित प्रवक्ता डा. शरद सिंह यादव, युवा संघका संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले  स्वेच्छिकरूपमा राजीनामा दिन माग गरेका हुन्।