SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानुनी तथा संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताएका छन् । संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले अदालत सामान्यतया राजनीतिक दलका आन्तरिक मामिलामा प्रवेश नगर्ने बताए ।