SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङमार्ग खुला

काठमाडौं । एक महिनाअघि उद्घाटन भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सोमबार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु बोक्ने कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्गबाट काठमाडौं–धादिङ आउजाउ गर्न दिइएको हो । यसअघि सुरुङमार्ग आपत्कालीन सवारीका लागि मात्र खुला थियो ।