SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । आइतबार बेलुका करिब ७ः४५ बजे पहिरो खसेपछि राजमार्गको एक लेन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ ।