पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन, १ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नम्बर ५ तुइनखोला र वडा नम्बर ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
