SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

‘लगानीमैत्री वातावरण बनाउन सकेनौँ भने स्वदेशी लगानीकर्ताहरू समेत बाहिरिन्छन्’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् ।