SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

पूराना दलको योगदानप्रति रविको ‘रिअलाइज’- ‘अब ३५ वर्षको भाष्य छोडौँ साथीहरु…’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।