SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्काशन गर्ने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको जनाएको छ । हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ ।