SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ १२:३० AM · 1 मिनेट पढाइ

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति : सिमरामा सालिक, गरिमा न्याय संकल्प समिति गठन

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार राति भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो ।