नेपालसहित ७५ देशका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको भिसा प्रतिबन्ध खारेजका लागि आदेश
न्युयोर्क । एक अमेरिकी संघीय न्यायाधीशले ७५ देशका नागरिकलाई लक्षित गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिदिएका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ ।
