SHARE
लोक पथ · शनिबार ६ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

जातीय, धार्मिक तथा साम्प्रदायिक विवादका विषयले सुरक्षामा थप चुनौती : आईजीपी पौडेल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् । शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।