म्याकका लागि च्याटजीपीटीमा ‘एप्पल मेसेजेज’ प्लगइन, सन्देश खोज्न र जवाफ तयार गर्न सकिने
काठमाडौं । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । नयाँ प्लगइनमार्फत प्रयोगकर्ताले आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, त्यसको सारांश बनाउन तथा जवाफ तयार गर्न सक्नेछन् । प्रयोगकर्ताले अनुमति दिएपछि च्याटजीपीटीमार्फत सन्देश पठाउनसमेत सकिने ओपनएआईले जनाएको छ ।
