क्यानडामाथि ट्रम्पले लगाए ५० प्रतिशत भन्सार महसुल, अब क्यानडाको कदम के ?
काठमाडौं । अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार सम्झौता वार्ता सहमतिबिना टुंगिएको छ । वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार महसुल लगाएका छन् । अमेरिकाले यसअघि नै नयाँ भन्सार महसुल लगाउने तयारी गरेको थियो ।
