SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

ई-७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

काठमाडौं : ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०  कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।