पार्टी कार्यालयमा ठूलो क्षति भयो : मीन विश्वकर्मा
काठमाडौं : नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरीक्षण गरेका छन्।मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरूले पार्टी कार्यालयको निरीक्षण गरेका हुन्। पार्टी कार्यालयमा नेता तथा कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरूको तस्बिर राखेका छन्। कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए।
