जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत
विराटनगर : जेनजी आन्दोलनपछि कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ। भदौ २३ र २४ गतेको झडप र आगजनीमा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्रै सनाखत भएको छ।मृतक ५ जनाको पहिचान खुल्न बाँकी रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए। उनका अनुसार पहिचान नखुलेका शवलाई हालसम्म कसैले पनि दाबी गरेका छैनन्। उनले भने, ‘मृतकको संख्या १० पुगेको छ। ५ जनाको पहिचान भएको छ। ५ जनाको हुन बाँकी छ। आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएका छैनन्।
