SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको समस्या समाधान गरिदिन आग्रह

काठमाडौं : तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्। 'गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो भविष्यको आशा दुवै हो,' बधाई सन्देशमा भनिएको छ।