SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

मोरङका १०३ वटा सरकारी कार्यालय ध्वस्त

विराटनगर : जेनजी समूहको आन्दोलनका नाममा मोरङमा आगजनी र तोडफोड गरेर १ सय ३ वटा सरकारी कार्यालय ध्वस्त पारिएको छ। त्यसबाहेक प्रहरी कार्यालय, पार्टी कार्यालय, संस्थान, व्यापारिक मल र व्यक्तिका घर पनि अराजक समूहको निसानामा परेको पाइएको छ। आगजनी र तोडफोड गरिएका २१ वटा संघीय सरकार मातहतका कार्यालय रहेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार मोरङमा ७३ वटा संघीय सरकार मातहतका सरकारी कार्यालय छन्।