SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

यस वर्ष दशैंको टीका लगाउने साइत कति बजे उत्तम छ ?

काठमाडौं : यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।