SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शन: झापाका २३ वटा प्रहरी युनिटमा क्षति, ११ वटा जलेर कामै नलाग्ने अवस्थामा

झापा : जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा  आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए। जिल्लामा ७३ वटा प्रहरी युनिट र १५ वटा ट्राफिक प्रहरी गरी ८८ वटा युनिट रहेको छ।