SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्।