SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनबारे कोशीका मुख्यमन्त्री: ‘दशकौं पछाडि धकेल्ने क्षति, न्यायिक छानबिन हुनुपर्छ’

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षति भएको टिप्पणी गरेका छन्। उनले दोषीलाई कानुनी कठघरामा ल्याउन न्यायिक छानबिन अपरिहार्य भएको स्पष्ट पारे। विराटनगरमा नेकपा (एमाले) मोरङले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले आन्दोलनलाई आवरण बनाएर गम्भीर षड्यन्त्र गरिएको दाबी गरे।