भक्तपुरमा मारिएका साजनको धरानमा दाहसंस्कार
धरान : जेनजी समूहको आन्दोलनमा भक्तपुरको ठिमीमा ज्यान गुमाएका धरान उपमहानगरपालिका–५ का ४२ वर्षीय साजन राईको मंगलबार शोकपूर्ण दाहसंस्कार गरिएको छ।उनको शवलाई काठमाडौंबाट धरान ल्याएर भानुचोकमा राखी राष्ट्रिय झन्डा ओढाएर शहीदको सम्मान दिइयो। त्यसपछि शवलाई धरान बजार परिक्रमा गराइ धरान–५ को जंगलमा किरात धर्मअनुसार अन्त्येष्टि गरिएको हो। उनको दाहसंस्कारमा सयौं मलामीहरुको उपस्थिति रहेको थियो। भदौ २४ गते भक्तपुरको ठिमीमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर साजनको मृत्यु भएको थियो।
