मोरङमा घर निर्माणका क्रममा एक महिलाको मृत्यु, तीन जना घाइते
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ। तीन जना महिला घाइते भएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घर निर्माणमा मसला बोक्न प्रयोग भइरहेको याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको पत्ता लागेको छ। स्थानीय होमबहादुर कटुबालको घर निर्माणको ठेक्का लिएर खड्गबहादुर कार्कीले मजदुर खटाएका थिए। मजदुरले काम गर्ने क्रममा मसला बोक्न प्रयोग गरेको याङ्गलको डोरी चुँडिएको थियो।
