SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

सञ्चार गृहमा भएको तोडफोड तथा आगजनीप्रति नेपाल मिडिया सोसाइटी भर्त्सना

काठमाडौं : नेपाल मिडिया सोसाइटीले सञ्चार गृहमा भएको तोडफोड र आगजनीप्रति भर्त्सना गरेको छ। सोसाइटीका अध्यक्ष मदन लम्सालले विज्ञप्ति जारी गरेर सञ्चार गृहमाथि भएको आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 'जेन-जीले आह्वान गरेको विरोध प्रदर्शनका क्रम ममा भएको हिंसात्मक घटनाहरूको निन्दा गर्दै सञ्चार गृहमाथि भएको आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दछ।