आगजनीले थिलथिलो कोशी सरकार : ४२ भवन जले, दर्जनौं सवारीसाधन ध्वस्त
विराटनगर : जेनजी समूहले सुरु गरेको आन्दोलन अराजकतामा परिणत हुँदा कोशी प्रदेश सरकारले ठूलो भौतिक क्षति बेहोर्नु परेको छ। आन्दोलनका नाममा अराजक समूहले आगजनी एवं तोडफोड गर्दा प्रदेश सरकारका संरचना थिलथिलो बनेका छन्। प्रदर्शनकारीले कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा सरकारी संरचना र सम्पत्तिमा अत्यन्तै धेरै क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संकलन गरेको प्रतिवेदनअनुसार कुल ४२ वटा भवनमा क्षति पुगेको छ।
