गौशाला बहुमुखी क्याम्पसका प्राध्यापकहरूले पाएन महिनौदेखि तलब
महोत्तरी : गौशाला बहुमुखी क्याम्पसका प्राध्यापकहरूले महिनौदेखि तलब पाएका छैन। जसले गर्दा यहाँ स्नातक तहको नियमित पठनपाठन प्रभावित हुनुको साथै आर्थिक गतिविधि पूर्णकालीन प्रभावित भएको छ।आर्थिक वर्ष २०७९/०८० तथा आर्थिक वर्ष २०८०/०८१ मा क्याम्पसमा भएको आर्थिक गतिविधिका सम्बन्धमा अख्तियारले फाइल अध्ययनमा समय लगाएपछि यस्तो समस्या सिर्जना भएको क्याम्पस प्रशासनले जनाएको छ।
