SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

नामी भिगो ई२ को मूल्य सार्वजनिक, यस्ता छन् आकर्षक फिचर्स

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले विद्युतीय फुल एसयूभी नामी भिगो ई२ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवधिभर भिगो ई२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने जनाएको छ । नाडा अटो शो सकिएपछि भने यसको नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ हुनेछ ।