हुन्डाई टुसानको नयाँ पुस्ता सार्वजनिक, नेपालमा कहिले आउला ?
काठमाडौं । हुन्डाईले लोकप्रिय एसयूभी टुसानको पाँचौँ पुस्ता सार्वजनिक गरेको छ । नयाँ टुसानलाई कम्पनीले अघिल्लो मोडलभन्दा ठूलो, आकर्षक र आधुनिक डिजाइनमा तयार गरेको छ । नयाँ टुसानको डिजाइन पहिलेका मोडलभन्दा निकै फरक छ । यसको अगाडिको भागदेखि पछाडिसम्म तिखा र बलिया लाइनहरू प्रयोग गरिएको छ ।
