SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

असोजमा झन् घट्यो ब्याजदर

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोजमा बैंकहरूको ब्याजदर औसतमा झनै घटेको छ। बैंकिङ प्रणालीमा निक्षेप मात्रै थुप्रिएको र कर्जाको माग खासै नहुँदा ब्याजदर महिनैपिच्छे घटिरहेको हो। वाणिज्य बैंकहरूले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार सञ्चालनमा रहेका २० वाणिज्यको औसतमा साधारण बचत खाताको न्यूनतम् ब्याजदर २.७५ प्रतिशत र अधिकतम ३.८१ प्रतिशत रहेको छ।