SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि खरानी बनेको इटहरी उपमहानगरबाट काम सुचारु गर्ने तयारी

सुनसरी : जेनजी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिका कार्यालयमा लगाइएको आगो र तोडफोडका घटनाबाट पूर्णरूपमा क्षति पुगेको कार्यालयले अब दैनिक सेवा सुचारु गर्ने तयारी गरेको छ।मंगलबार उपमहानगरको कार्यपालिका बैठकले भदौ २४ गतेको आगलागीमा ध्वस्त बनेको कार्यालय प्राङ्गणमै बसेर असोज ४ गतेदेखि सेवा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले जानकारी दिए।