SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपीडी’ टिकट लिन सक्ने भएका छन् । सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको हो ।