मुक्तिनाथको चाडपर्व अफर : कृषि तथा एसएमई कर्जामा २५ प्रतिशत शुल्क छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि तथा साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा विशेष सुविधा ल्याएको छ । तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा सार्वजनिक गरेको हो ।
