SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

नौवटा संसदीय समितिको बैठक बस्दै, कुन बैठकमा कसलाई बोलाइयो ?

काठमाडौं । संघीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् ।