रेडक्रसका निर्वाचित संरचना तदर्थ समितिको निशानामा, प्रदेश र जिल्ला समितिलाई स्पष्टीकरण
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा विवाद झन् गहिरिँदै गएको छ । सरकारद्वारा गठन गरिएको केन्द्रीय तदर्थ समितिले अधिवेशनबाट निर्वाचित ७ प्रदेश समिति र १५ जिल्ला शाखालाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेपछि निर्वाचित संरचना भंग गर्ने तयारी खुलेरै अघि बढेको देखिएको छ ।
